मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

हिमाल प्रेस ११ मंसिर २०८२ १९:४८
10
SHARES
मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम- राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री कञ्चन बिच्छालाई निलम्बन गर्दै प्रदेश सभाबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

एमाले नेता सरोज यादवको नेतृत्वमा मधेश सरकार गठन हुने क्रममा पार्टीको निर्णयविपरीत सरकारमा प्रवेश गरेकी बिच्छा हाल वन तथा वातावरण मन्त्री छिन्।

बिहीबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा बिच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टी निर्देशन अवज्ञा गर्ने बिच्छालाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय पनि भएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०८२ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast