केन्द्रीय समिति र महाधिवेशनको एजेन्डामा छलफल गर्न राप्रपा राणा समूहको बैठक बस्दै

हिमाल प्रेस १८ कार्तिक २०८२ १०:४६
14
SHARES
केन्द्रीय समिति र महाधिवेशनको एजेन्डामा छलफल गर्न राप्रपा राणा समूहको बैठक बस्दै

काठमाडौँ- राप्रपामा संस्थापन पक्षलाई दबाब दिने तयारीका लागि महामन्त्री धवलशमशेर राणा पक्षधर समूहको बैठक आज बस्दैछ। धवल पक्षका एक नेताका अनुसार आज १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बैठक बस्न लागेको हो।

ती नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको बैठकमा आफूहरूको भूमिका र एजेन्डाका विषयमा छलफल हुने छ। यसअघि लिङ्देनले धवल पक्षका नेताहरूलाई कारबाही गरेका छन्।

उनीहरूको कारबाही फिर्ता हुनुपर्ने माग धवलपक्षले उठाइरहेको छ। यस्तै आगामी महाधिवेशनको विषयमा पनि दुई पक्षमा विवाद छ। धवल पक्ष आगामी मंसिरभित्रमा महाधिवेशन हुनुपर्ने अडानमा छ भने लिङ्देनपक्ष केही ढिला हुने संकेत देखाएको छ। यसैबारेमा पनि इतरपक्षले धारणा बनाउने ती नेताले जानकारी दिए।

लिङ्देनले केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २७ र २८ गतेलाई बोलाएका छन्।

प्रकाशित: १८ कार्तिक २०८२ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast