काठमाडौँ- राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक नबदुर्गा पार्टी प्यालेस सुकेधारामा आज बस्दैछ।
दिउँसो १:०० बजेबाट सुरु हुने बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम र भाबी कार्यदिशाका बारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन्।
पछिल्लो समय मुलुकमा भैरहेको राजनीतिक ध्रवीकरणका बारेमा बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दुवादी, भ्रष्टाचार तथा संघीयता विरोधी र सुशासन चाहनेहरुबीचको एकता र मोर्चावन्दीको आवश्श्यकतालाई पनि गहिरो ढंगले बैठकमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
उनका अनुसार निर्वाचन प्रयोजनका निमित्त दल दर्ता र निर्बाचन तयारी लगायत समसमायिक विषयमा पनि बैठकमा घनिभूत छलफल हुनेछ।
प्रकाशित: १७ कार्तिक २०८२ १२:३४
प्रतिक्रिया



