काठमाडौँ- नेपाली टोली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल अन्तर्राष्टिय एकदिवसीय क्रिकेटमा २००० रन बनाउनबाट चुकेका छन्।
उनी आईसीसी लिग २ अन्तर्गतको यूएई भ्रमणको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध ३६ रन बनाएर बाहिरिएका छन्। उनले २ रन थप्न सकेका भए २००० रन बनाउने थिए।
उनलाई ३७.४ ओभरमा हर्मित सिंहले क्याच आउट गराए। ३७.४ ओभरमा ५ विकेट गुमाएर नेपालले १९५ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र गुल्सन झा छन्।
प्रकाशित: १५ कार्तिक २०८२ १४:०३
प्रतिक्रिया



