रोहित बने एकदिवसीय क्रिकेटमा २००० रन बनाउने पहिलो नेपाली क्रिकेटर

हिमाल प्रेस १९ कार्तिक २०८२ १३:१२
6
SHARES
रोहित बने एकदिवसीय क्रिकेटमा २००० रन बनाउने पहिलो नेपाली क्रिकेटर

काठमाडौँ- कप्तान रोहित पौडेल नेपाली क्रिकेट टोलीमा २००० रन बनाउने पहिलो खेलाडी बनेका छन्।

आज आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा रोहितले २ रन बनाएर आउट भएसँगै उनी नै एकदिवसीय क्रिकेटमा २००० रन बनाउने पहिलो क्रिकेटर बनेका हुन्।

यसभन्दा पहिले कुनै पनि नेपाली क्रिकेटरले २००० रन बनाएका छैनन्। उनले ७६ म्याचमा सोही रन बनाएका हुन्। उनीपछि नेपाली क्रिकेटरमध्ये सर्वाधिक रन आशिफ सेखको छ। सेखको १६७७ रन, कुशल भुर्तेल १४५४ रहेको छ।

प्रकाशित: १९ कार्तिक २०८२ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast