क्षितिज, आमा र धरती पुस्तकमाथि बुटवलमा समीक्षा

हिमाल प्रेस २२ कार्तिक २०८२ १९:०५
12
SHARES
क्षितिज, आमा र धरती पुस्तकमाथि बुटवलमा समीक्षा

बुटवल– लेखक सरस्वती ज्ञवालीको पुस्तक क्षितिज, आमा र धरतीबारे शनिबार बुटवलमा विमर्श गरिएको छ। पाठक मञ्च, बुटवलको आयोजनामा लेखक साहित्यकारहरूका विच विमर्श गरिएको हो।

विमर्श कार्यक्रममा लेखक ज्ञवालीले अपाङ्गता भएका सन्तान हुर्काउँदाका ३७ वर्षको अनुभवहरू समेटेर पुस्तक लेखेको बताइन्। उनले बौद्धिक अपाङ्गता भएको छोरीको स्याहार गर्दा र छोरीप्रति बौद्धिक भनिएका व्यक्तिहरूको ‘छिछि र दुरदुर’ को व्यवहारसमेत समेटेर एउटा आमाको व्यथा उतारेको बताइन्।

उनले सन्तान कै लागि जागिर छाडेको स्मरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सवालमा राज्य संवेदनशिल हुन नसकेको बताइन्। अपाङ्गता भएकाहरूलाई सेवा गर्ने हो भने अमूर्त मन्दिरमा गएर पुजा गर्न नपर्ने उनले बताइन्।

पुस्तक समीक्षा कार्यक्रममा अध्येता रामचन्द्र श्रेष्ठले पुस्तकले मातृवात्सलयको चिन्तन प्रणालीलाई उजागर गरेको बताए। कार्यक्रममा कानुनमा अध्यनरत विद्यार्थी रूविना बस्याल, बालरोग विशेषज्ञ नेत्र राना, शारदा खनाललगायतले बोलेका थिए।

प्रकाशित: २२ कार्तिक २०८२ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast