समीक्षा, रञ्जु रास्वपा गएपछि मिलनले भने- ‘स्वतन्त्र’ भएँ, विवेकशील पनि ‘स्वतन्त्र’ भयो

हिमाल प्रेस १४ मंसिर २०८२ १३:०६ | Sunday, November 30, 2025
26
SHARES
समीक्षा, रञ्जु रास्वपा गएपछि मिलनले भने- ‘स्वतन्त्र’ भएँ, विवेकशील पनि ‘स्वतन्त्र’ भयो

काठमाडौँ- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेले पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भइरहेको एकीकरण प्रक्रियामा आफू संलग्न नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेले केही समय राजनीतिक ‘कुलिङ पिरियड’ लिएर नयाँ ढंगबाट अगाडि बढ्ने बताएका हुन्।

पाण्डेले आज लेखेका छन्, ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना। म यो एकीकरणमा सामेल छैन। अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु। आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ। विवेकशील पनि ‘स्वतन्त्र’ भयो।’

उता विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा, रञ्जु दर्शनासहित केही नेताहरू आज नै निःसर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुँदै छन्। पार्टी नेतृत्व र संरचनाको भविष्यबारे चलिरहेको छलफलकै बीच पाण्डेको अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रकाशित: १४ मंसिर २०८२ १३:०६ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast