शैक्षिक परामर्शदाता संस्थाहरूलाई नवीकरणका लागि ताकेता

हिमाल प्रेस २ मंसिर २०८२ १५:५० | Tuesday, November 18, 2025
24
SHARES
शैक्षिक परामर्शदाता संस्थाहरूलाई नवीकरणका लागि ताकेता फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श, पूर्वतयारी तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई नवीकरणका लागि ताकेता गरेको छ।

शैक्षिक परामर्श तथा भाषा शिक्षासम्बन्धी निर्देशिका, २०७३ बमोजिम नवीकरणका लागि कागजात पेस गर्न र लाग्ने दस्तुर तिर्न मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयद्वारा जारी सूचनामा आर्थिक वर्ष २०८१/८२ मा नवीकरण भएका ७२० संस्थाको हकमा मन्त्रालयले पछिल्लो मापदण्डअनुसार दायित्व पूरा गर्न भनिएको छ।

समयमा निवेदन र कागजात नबुझाउने संस्थाहरूलाई मन्त्रालयले नवीकरण भएका संस्थाको सूचीमा नराख्ने सूचनामा जनाउ दिइएको छ।

प्रकाशित: २ मंसिर २०८२ १५:५० | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast