काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा ५ विकेट लिने कीर्तिमान राखेका छन्। रञ्जित जारी सिजनमा ५ विकेट लिने पहिलो खेलाडी समेत बने।
बुधबार सम्पन्न विराटनगर किंग्ससँगको खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट हात पारे।
१९ वर्षीय देब्रे हाते ‘स्पीनर बलर’ रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किंग्सको यात्रामा ब्रेक समेत लाग्यो। उनी ‘प्लेयर अफ द म्याच’ समेच चुनिए । यो सिजनको उनको यो ‘डेब्यु’ खेलसमेत हो। लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो।
यसअघि जारी सिजनमा कुनै पनि बलरले एकै खेलमा ५ विकेट लिन सकेका छैनन्।
वीरगञ्जका रञ्जित मधेश प्रदेशबाट क्रिकेट खेल्ने गर्दछन्। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, काठमाडौँ गोर्खाजका करण केसी र विराटनगरका कप्तान सन्दीप लामिछानेले भने ४÷४ विकेट लिइसकेका थिए।


