जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु

हिमाल प्रेस १० मंसिर २०८२ १२:०१
6
SHARES
जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु प्रतीकात्मक तस्बिर।

नवलपरासी- जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा मृत्यु भएको हो ।

घरायसी विवादमा छोराले गए राति बुबालाई कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका निजको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित: १० मंसिर २०८२ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast