बालविकास शिक्षकका लागि घुम्ती बैठक मार्गदर्शन पुस्तिका प्रकाशन

हिमाल प्रेस ८ मंसिर २०८२ १०:४२ | Monday, November 24, 2025
100
SHARES
बालविकास शिक्षकका लागि घुम्ती बैठक मार्गदर्शन पुस्तिका प्रकाशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘प्रारम्भिक बालविकास शिक्षकका लागि घुम्ती बैठक स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ।

वि.सं. २०८१ मा प्रकाशित यस पुस्तिकालाई प्रारम्भिक कक्षाका शिक्षक, अभिभावक तथा सामुदायिक विद्यालयहरूबीच समन्वय बढाउने उद्देश्यले तयार गरिएको बताइएकाे छ।

पुस्तिकामा घुम्ती बैठक सञ्चालन गर्न आवश्यक सैद्धान्तिक अवधारणा, उद्देश्य र व्यवहारिक विधिबारे विस्तृत रूपमा समेटिएको छ। बालबालिकाको सर्वाङ्गीण विकाससँग सम्बन्धित स्वास्थ्य, पोषण, सुरक्षा तथा सिकाइ वातावरणका मुख्य आयामहरूलाई प्राथमिकता दिइएको छ।

यसैगरी, प्रारम्भिक कक्षामा दैनिक कार्यतालिका कसरी प्रयोग गर्ने, सिकाइका विभिन्न विधि अपनाउने तथा प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड र प्रगति विवरण कसरी उपयोग गर्ने भन्ने विषयमा मार्गदर्शन गरिएको छ।

पुस्तिकामा स्थानीय सामग्रीको पहिचान तथा निर्माणदेखि लिएर शिक्षक, अभिभावक र समुदायबीचको समन्वय, सञ्चार र प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उपायहरू पनि समावेश छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार घुम्ती बैठकको प्रभावकारी सञ्चालनले अभिभावक विद्यालय सम्बन्ध मजबुत हुने, बालबालिकाको सिकाइमा विविधता र आवश्यकताको पहिचान सजिलो हुने र सामुदायिक सहभागिता अझै प्रबलीभूत हुने अपेक्षा राखिएको छ।

प्रकाशित: ८ मंसिर २०८२ १०:४२ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast