प्रदेश सांसद रहबारको ‘विद्रोह’, रोस्ट्रममै आफ्नो अनुहारमा दले कालोमोसो

हिमाल प्रेस २२ कार्तिक २०८२ १६:३९
40
SHARES
प्रदेश सांसद रहबारको ‘विद्रोह’, रोस्ट्रममै आफ्नो अनुहारमा दले कालोमोसो

काठमाडौँ- मधेश प्रदेशका माओवादी केन्द्रका सांसद रहबार अन्सारीले रोस्ट्रममै आफ्नो अनुहारमा कालोमोसो दलेका छन्। पटक–पटक सरकार बन्दा पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै रोस्ट्रममा उभिएका उनले आफूमाथि कालोमोसो दलेका हुन्।

मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन पेस गरेको प्रस्तावमाथिको छलफलका क्रममा अन्सारीले आफ्नो अनुहारमाथि कालोमोसो दलेर विद्रोह गरेको बताए।

‘मुख्यमन्त्रीले विश्वासको मत मागेर औपचारिकता पूरा भइसक्यो, सामूहिक अपराध स्वीकार्न आएको छु,’ उनले भने, ‘माता जानकीको चरणको एक कणको हैसियत हाम्रो छैन। संघीयता आएको आठ वर्ष बितिसक्दा पनि जनताको स्थितिमा कुनै परिवर्तन आएको छैन।’

अन्सारीले प्रदेश सरकार पनि काठमाडौँबाट शीर्ष नेताहरूले बनाउने गरेकाले विश्वासको मत नदिने बताए।

‘मेरो दलको नाम के हो म बिर्से म बिर्से, के रे कुन दल, नेपाली कम्युनिस्ट पार्टी, होइन माओवादी केन्द्र नै हो!,’ अन्सारीले भने,‘ यो हामीले बनाइरहेको सरकार होइन, काठमाडौँ र शीर्ष नेताहरुले बनाइरहेको सरकार हो, किन विश्वासको मत दिने? विश्वासको मत दिन्न।’

प्रदेशको भ्रष्टाचार र कुशासन देख्दा विष उत्पन्न भएको बताउँदै उनले जेनजी आन्दोलन भए पनि नेताहरु नसुध्रिएको जिकिर गरे।

माओवादी केन्द्रकै सांसद माला कर्णले पनि आफू अन्सारीकै पक्षमा रहेको बताइन्

प्रकाशित: २२ कार्तिक २०८२ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast