प्रदेश प्रमुख प्रदेशको अस्मिता समाप्त पार्ने खेलमा : जितेन्द्र सोनल

हिमाल प्रेस २४ कार्तिक २०८२ ८:१३
16
SHARES
प्रदेश प्रमुख प्रदेशको अस्मिता समाप्त पार्ने खेलमा : जितेन्द्र सोनल लाेसपा नेता जितेन्द्र साेनल

काठमाडौँ- मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन्।

स्वास्थ्य समस्याका कारण उपचार गर्न काठमाडौं हिँडेकी भण्डारीले एक होटेलमा पुगेर एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उनले यो खेलले मधेश प्रदेशको अस्मिता समाप्त पारेको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् ।

सोमबार बिहानै सबेरै प्रदेश प्रमुख भण्डारी उपचारका लागि काठमाडौं जान भनेर बिदाइ भएकी थिइन् । निवर्तमान मुख्यमन्त्री सोनलले नै उनलाई बिदाइ गरेका थिए। तर, त्यसको केही समयपछि भण्डारीले ठूलो दलको हैसियतले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रकाशित: २४ कार्तिक २०८२ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast