इच्छाकामना गाउँपालिकालाई प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बिमा रकम हस्तान्तरण

हिमाल प्रेस ४ मंसिर २०८२ १३:०१ | Thursday, November 20, 2025
12
SHARES
इच्छाकामना गाउँपालिकालाई प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बिमा रकम हस्तान्तरण

काठमाडौँ- प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बिमा दाबीअन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

शनिबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवालसहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले रु ३७ लाख ६५ हजारको चेक हस्तान्तरण गरे।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा जलाइएका गाउँपालिकाका एकवटा स्कर्पियो र एकवटा बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप उक्त बिमा रकम प्रदान गरिएको हो।

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानीमा द्रत, पारदर्शी र दिगो सेवा प्रवाह गर्ने प्रतिवद्धता पुनः दोहोर्‍याएको छ।

प्रकाशित: ४ मंसिर २०८२ १३:०१ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast