सिन्धुपाल्चोकमा प्रधानाध्यापक कुटपिट घटना : प्रहरीले सुरु गर्‍यो अनुसन्धान

हिमाल प्रेस २० कार्तिक २०८२ १०:४४
42
SHARES
सिन्धुपाल्चोकमा प्रधानाध्यापक कुटपिट घटना : प्रहरीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ इन्द्रावतीकी सदस्य अन्जना भण्डारीले आफूमाथि कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध जाहेरी दिएकी छन्।

इलाका प्रहरी कार्यालय नवलपुरले बिहीबार हिमालप्रेसलाई बताएअनुसार उनले जाहेरी दिएकी हुन्। ‘जाहेरी परेको छ। हामीले अनुसन्धान गरिरहेका छौं।’ इलाका प्रहरी कार्यालय नवलपुरले भन्यो।

व्यवस्थापन समितिको बैठक बसिरहेको समयमा अध्यक्ष तामाङले गाली गर्दै प्रधानाध्यापक भण्डारीलाई कुटपिट गरेका थिए। भण्डारीको आँखामा गाला र आँखामा चोट लागेको छ।

सो घटनाप्रति नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोक र नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिका समितिले भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।

यो पनि

विद्यालय व्यवस्थापन समिति अध्यक्षले बैठकमै कुटे प्रधानाध्यापक, आँखामा चोट

प्रकाशित: २० कार्तिक २०८२ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast