मन्त्री र सचिवहरूलाई मन्त्रालयको ब्लुप्रिन्ट तयार गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

हिमाल प्रेस १७ कार्तिक २०८२ १९:२० | Monday, November 3, 2025
22
SHARES
मन्त्री र सचिवहरूलाई मन्त्रालयको ब्लुप्रिन्ट तयार गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएकी छन्।

सोमबार सिंहदरबारमा सबै मन्त्री र सचिवहरुसँग मन्त्रालयगत प्रगतिविवरण लिँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएकी हुन्।

उनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न निर्देश गरेकी छन् भने निजी क्षेत्रको मनोवल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न समेत निर्देशन दिएकी छन्।

उनले कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन सुझाव दिएकी छन्।

त्यसैगरी निर्वाचनको पूर्वतयारीका लागि आ–आफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न पनि उनले निर्देशन दिएकी छन्। अनावश्यक देखिएका संरचना खारेज गर्ने गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्न उनले ध्यानाकर्षण गराएकी थिइन्।

प्रकाशित: १७ कार्तिक २०८२ १९:२० | Monday, November 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast