एनपीएलको तयारी पूरा

हिमाल प्रेस २९ कार्तिक २०८२ १६:३० | Saturday, November 15, 2025
18
SHARES
एनपीएलको तयारी पूरा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्यानले सोमबारदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अधिकांश खेलहरु फ्लडलाइटमा डे नाइट म्याच खेलाइने क्यानले जनाएको छ। एनपीएलको बिजेताले १ करोड १० लाख राशिको पुरस्कार प्राप्त गर्ने क्यान सचिव पारस खड्काले जानकारी दिए।

उनले क्यानले एनपीएलको दोस्रो संस्करणलाई भव्य बनाउन पछिल्लो ५ महिनादेखि निकै मेहनत गरेको र डे नाइट म्याच खेलाउन तयार भएको बताए।

क्यानले दोश्रो संस्करणमा विभिन्न स्पोन्सर, टिकट र अन्यमार्फत करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको छ।

जसमा टिकट बिक्रीबाट मात्रै न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य रहेको क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले बताए।

प्रकाशित: २९ कार्तिक २०८२ १६:३० | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast