‘ब्याटल अफ गलवान’ मा प्रशान्त तामाङ पनि जोडिए

हिमाल प्रेस २३ कार्तिक २०८२ १६:३४
14
SHARES
‘ब्याटल अफ गलवान’ मा प्रशान्त तामाङ पनि जोडिए

काठमाडौँ- सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ मा गायक तथा अभिनेता प्रशान्त तामाङ पनि जोडिएका छन्। उनले  सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सहित बलिउड अभिनेता खानलाई धन्यवाद दिएका छन्।

उनले लेखेका छन्, ‘अब केही हुँदैछ। म साँच्चिकै उत्साहित छु। धन्यवाद।’ उनले आफ्नो भूमिकाबारे खुलाएका छैनन्। यसअघि अभिनेता अनुपविक्रम शाहीले पनि आफू जोडिएको जानकारी दिएका थिए। तामाङको तस्बिरमा अनुप पनि देखिएका छन्।

फिल्म आगामी वर्ष २०२६ मा प्रदर्शन गर्ने टिमको तयारी छ। फिल्म सन् २०२० मा लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको युद्धको कथामा आधारित छ।

फिल्ममा सलमानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिकामा अभिनय गरेका छन्। यो सन्तोषकै बायोपिक फिल्म रहेको निर्माण टिमले जनाएको छ।

अभिनेता सलमान र अनुपसहित फिल्ममा चित्रांगदा सिंह, सुरेश नायर, अंकुर भाटियालगायत कलाकरको अभिनय रहनेछ। फिल्म सलमान खान फिल्मस्को ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: २३ कार्तिक २०८२ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast