प्रभु बैंकका सीईओ शेरचन पक्राउ

हिमाल प्रेस १४ मंसिर २०८२ १८:१५ | Sunday, November 30, 2025
44
SHARES
प्रभु बैंकका सीईओ शेरचन पक्राउ

काठमाडौँ- प्रहरीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरको आरोपमा शेरचनलाई आज (आइतबार) पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिए। ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीसीआईबीले अनुसन्धान अगाडि बढाएको छ।

सीआईबीले यसअघि गत कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। त्यसै गरी सीआईबीले गत कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। भट्टचनविरुद्ध रु ९८ करोड ठगी गरेको आरोप लागेको छ।

प्रकाशित: १४ मंसिर २०८२ १८:१५ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast