यम शेर्पा निर्देशित ‘मिरमिरे’ काे पोस्टर सार्वजनिक

हिमाल प्रेस २७ कार्तिक २०८२ १२:२२
10
SHARES
यम शेर्पा निर्देशित ‘मिरमिरे’ काे पोस्टर सार्वजनिक

काठमाडौँ- यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को दुई पोस्टर सार्वजनिक भएको छ। एक पोस्टरमा प्रकाश सपुत र सिर्जना निङ्लेखु देखिएका छन्। प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन्। मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन्।

अर्को पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार शाइसा छिन्। उनीहरू बाउ र छोरी भूमिकामा छन्। दुवै केही तनावमाजस्ताे देखिन्छन्। कसैको पर्खाइ वा वियोगमा रहेजस्तो पनि देखिन्छ। यी दुईबीच शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध हो वा प्रेमिप्रेमिका नै हुन् निर्माणपक्षले प्रष्ट पारेको छैन।

दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन् ।

फिल्म माघ १ मा प्रदर्शन हुनेछ। यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल-कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले अभिनय गरेका छन्।

निर्देशक यमकै कथा रहेकोे फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले लगानी गरेका छन्।

प्रकाशित: २७ कार्तिक २०८२ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast