‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

हिमाल प्रेस २६ कार्तिक २०८२ १०:२१ | Wednesday, November 12, 2025
4
SHARES
‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली- सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू) मा उक्त कार्यक्रम सञ्चालन भएको हो।

कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डा श्यामकृष्ण लौडारीका अनुसार गणमा कार्यरत प्रहरी कर्मचारी ३८ महिला र एक सय ९१ पुरुष गरी दुई सय २९ जनाको स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरिएको हो।

टोलीले राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी एक महिला र ४७ पुरुष गरी जम्मा ४८ जनाको स्वास्थ्य तथा बिएमआई परीक्षण गरेको हो।

उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ। रासस

प्रकाशित: २६ कार्तिक २०८२ १०:२१ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast