कास्कीमा देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद

हिमाल प्रेस १७ कार्तिक २०८२ २१:०९
14
SHARES
कास्कीमा देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद

कास्की- यहाँको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ।

जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमासमेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ।

देउसीभैलो खेलेर संकलित रकममा कार्यालयले केही थप गरी दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिए। उनका अनुसार देउसीबाट दुई लाख २१ हजार ५१४ जम्मा भएको थियो।

प्रकाशित: १७ कार्तिक २०८२ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast