एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने हुँदै, पोखरा पहिलो जितको खोजीमा

हिमाल प्रेस ५ मंसिर २०८२ ६:४३ | Friday, November 21, 2025
14
SHARES
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने हुँदै, पोखरा पहिलो जितको खोजीमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल दिउँसो ४ बजे सुरु हुनेछ।

पहिलो खेलमै विराटनगर किङ्ससँग ५३ रनले पराजित भएको पोखरा एभेन्जर्स आज पहिलो जितको खोजीमा छ। गत संस्करणको निराशाजनक प्रदर्शन भुलाउँदै पुनरागमन गर्ने लक्ष्य लिएर आएको पोखराको यसपटक पनि सुरुवात राम्रो देखिएन।

विराटनगरले राखेको एनपीएल इतिहासकै उच्च २२१ रनको लक्ष्य पछ्याउँदा विदेशी खेलाडी जिम्मी निसमबाट अपेक्षित सहयोग नपाए पनि कप्तान कुशल भुर्तेलले प्रभावशाली अर्धशतक प्रहार गरेका थिए।

उता, साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भने विजयी लय कायम राख्ने योजनामा छ। पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई २९ रनले हराउँदै बलियो सुरुवात गरेका उनीहरू ब्याटिङको मध्यक्रम र उत्कृष्ट बलिङ प्रदर्शनका आधारमा आत्मविश्वासमा छन्।

गत संस्करणमा लिग चरणमै दुवै टोली आमनेसामने हुँदा सुदूरपश्चिमले ५ रनको झिनो अन्तरमा विजय निकालेको थियो।

प्रकाशित: ५ मंसिर २०८२ ६:४३ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast