हेटौँडाको कर्रामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री खुइलीको मृत्यु

हिमाल प्रेस १२ मंसिर २०८२ ७:३३ | Friday, November 28, 2025
10
SHARES
हेटौँडाको कर्रामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री खुइलीको मृत्यु

मकवानपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगन्ज महानगरपालिका-१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका-१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पताल मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८२ ७:३३ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast