कात्तिक २० गते माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता घोषणा हुने

हिमाल प्रेस १६ कार्तिक २०८२ १३:४९
28
SHARES
कात्तिक २० गते माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता घोषणा हुने

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता घोषणा हुने भएको छ।

आइतबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकपछि प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठक सोही दिन बस्ने र त्यसपछि औपचारिक रूपमा एकता घोषणा गर्ने तयारी पूरा भएको जानकारी दिए।

‘एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समिति बैठक कात्तिक २० गते बस्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘बैठकपछि पार्टी एकताको औपचारिक घोषणा हुनेछ।’

यो एकता प्रक्रियामा समाजवादी मोर्चामा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहबाट अलग भएका चिरन सिसहितका नेताहरू, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) समेत सहभागी हुनेछन्।

उनीहरूबीच नीति तथा नेतृत्वका विषयमा सहमति भइसकेको छ। नयाँ एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन् भने सहसंयोजकका रूपमा माधवकुमार नेपाल रहने तय भएको छ।

एकीकृत पार्टी बहुपदीय संरचनामा रहनेछ। यसले मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्नेछ। तत्कालका लागि ‘नेपाली विशेषताको समाजवाद’ कार्यनीति हुनेछ भने दीर्घकालीन लक्ष्य ‘वैज्ञानिक समाजवाद’ रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast