कोशी र गण्डकीका पहाडी-हिमाली क्षेत्रमा आंशिक बदली

हिमाल प्रेस ८ मंसिर २०८२ ८:१७ | Monday, November 24, 2025
6
SHARES
कोशी र गण्डकीका पहाडी-हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ- आगामी २४ घण्टा देशका अधिकांश भूभागमा साधारणतया; मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान ८ बजे जारी गरिएको पूर्वानुमानअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रहने सम्भावना छ।

आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने समेत महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति पनि कोशी प्रदेशका पहाडी-हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफैँ रहने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

प्रकाशित: ८ मंसिर २०८२ ८:१७ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast