मधेश सरकार गठनविरुद्ध विपक्षीहरू अदालत जाँदै

हिमाल प्रेस २५ कार्तिक २०८२ ९:३६ | Tuesday, November 11, 2025
12
SHARES
मधेश सरकार गठनविरुद्ध विपक्षीहरू अदालत जाँदै

काठमाडौँ- मधेश प्रदेशको सरकार गठनविरुद्ध विपक्षी दलहरू अदालत जाने भएका छन्। सोमबार बसेको उनीहरुको बैठकले सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै अदालत जाने निर्णय गरेको हो।

बिहान अदालत खुल्नेवित्तकै रिट दायर गरिने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए। रिट दलहरुको तर्फबाट नभई सांसदहरुकै तर्फबाट दायर गर्ने तयारी भएकाले ७८ सांसदको हस्ताक्षर संकलन गरिएको छ। नयाँ सरकार गठनविरुद्ध सोमबार दुई रिट दर्ता भएपछि मंगलबारका लागि पेशी तोकिएको छ।

विपक्षी गठबन्धनको हिजोको बैठकमा सभामुख रामचन्द मण्डलमाथि महाभियोग लगाउनेबारे समेत तयारी भएको थियो। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिजो बिहान एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई एक रिसोर्टमा शपथ गराएपछि भएको विवादका कारण हिजो मधेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखकका कार्यालयमा तोडफोड भएको छ। मन्त्रालयहरूमा ताला लगाइएको छ।

संविधानको धारा १६८ उपधारा २ अनुसार नभई सरकार गठनको आह्वान समेत नगरी उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरिनु संविधान र विगतमा सार्वोच्चका नजीर विपरीत भएको भन्दै अलोचना भएको छ। एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी सुवेदीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरी सुरेन्द्रलाल कर्णको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ।

प्रकाशित: २५ कार्तिक २०८२ ९:३६ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast