तनहुँमा कुटपिटबाट एकको मृत्यु

हिमाल प्रेस १९ कार्तिक २०८२ ७:५८
8
SHARES
तनहुँमा कुटपिटबाट एकको मृत्यु

तनहुँ- तनहुँको बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए।

मादक पदार्थ सेवन गरेका सोही ठाउँका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो। कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: १९ कार्तिक २०८२ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast