नाटक ‘एक चिहान’ काे विशेष सो मञ्चन गर्दै ओजस थिएटर

हिमाल प्रेस २६ कार्तिक २०८२ १२:०३ | Wednesday, November 12, 2025
70
SHARES
नाटक ‘एक चिहान’ काे विशेष सो मञ्चन गर्दै ओजस थिएटर

काठमाडौँ- ओजस थिएटरले नाटक ‘एक चिहान’ मञ्चन गर्ने भएको छ। नाटक आगामी मंसिर १ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा  मञ्चन गर्न लागेको थिएटरले जनाएको छ।

थिएटरकाअनुसार के.एम.सी कलेजसँगको सहकार्यमा एकदिने विशेष सो को रूपमा मञ्चन गर्न लागेको हो। दर्शकका लागि तीन शो मञ्चन गरिनेछ। बिहान ९ बजे, ११ बजे र दिउँसो ३ बजे।

हृदयचन्द्र सिंह प्रधानको चर्चित कृतिमा आधारित यस नाटकको रूपान्तरण हर्क मगरले गरेका हुन् भने निर्देशन सागर कार्कीले गरेका छन्।

नाटकमा मदन थापा, जे.बी. डिसी, कल्पना थापा, रिता थापा, सानु पाण्डे, अशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लव खड्का, उज्वल साईपुम राई, समीर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कडेल, गोविन्द खड्का, रश्मी गुरुङ, अञ्जना दुलाल, प्रदीप विश्वकर्मालगायत कलाकारको अभिनय रहनेछ।

नाटकले नेपाली समाजमा देखिने वर्गीय विभेद, दुःख र मानवीय संवेदनशीलतालाई यथार्थपरक रूपमा चित्रण गर्ने टिमको दाबी छ। नाटकका निर्माता कल्पना थापा हुन्। नाटकले नेपाली साहित्य र नाट्य क्षेत्रको समिश्रणमार्फत समाजका गहिरो पक्ष र यथार्थलाई उजागर गर्ने उद्देश्य लिएको निर्देशक कार्कीले बताए।

प्रकाशित: २६ कार्तिक २०८२ १२:०३ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast