एनपीएलको ट्रफी काठमाडौँमा प्रदर्शन

हिमाल प्रेस २६ कार्तिक २०८२ १६:४५
4
SHARES
एनपीएलको ट्रफी काठमाडौँमा प्रदर्शन

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति नजिकिँदै जाँदा काठमाडौँमा ट्रफी प्रदर्शन गरिएको छ।

बुधबार एनपीएल टीम काठमान्डू गोर्खाजले काठमाडौंको वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको हो।

बाजागाजासहित एनपीएलको ट्रफीलाई ऐतिहासिक क्षेत्रमा पुर्‍याएर प्रदर्शन गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।

एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले साविक विजेता जकनपुर बोल्ट्सको सामना गर्नेछ।

त्रिवि क्रिकेट रंगशालामा हुने एनपीएलको दोस्रो संस्करणका अधिकांश खेलहरू फ्लडलाइटमा आयोजना हुने क्यानले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८२ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast