काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट बिक्री खुला गरिएको छ। मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो संस्करणको एनपीएलको टिकट ५०० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको रहेको छ।
१५ हजार रुपैयाँ भने सिजनल पासको हो । नेपाल क्रिकेट संघका अनुसार पहिलो ६ दिनको मात्रै टिकट बिक्री खुला गरिएको छ।
साधारण टिकटको पाँच सय रुपैयाँ तोकिएको छ। प्लेअफ र फाइनलमा भने साधारण टिकटको एक हजार रुपैयाँ र प्रिमियम टिकटको दुई हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ।
त्यस्तै उद्घाटन खेल र शनिबारको प्रिमियम टिकट एक हजार पाँच सय र त्यो बाहेक दिनको प्रिमियम टिकटका लागि एक हजार रुपैयाँ तोकिएको छ। टिकेटहरू एनपीएलको टिकेटिङ पार्टनर खल्ती बाइ आईएमईमार्फत् लिन सकिने क्यानको भनाइ छ।
प्रकाशित: २७ कार्तिक २०८२ २०:३८
प्रतिक्रिया



