एनपीएल : सुदूपश्चिमको लगातार चौथो जित

हिमाल प्रेस ११ मंसिर २०८२ १५:०६ | Thursday, November 27, 2025
12
SHARES
एनपीएल : सुदूपश्चिमको लगातार चौथो जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगतार चौथो जित हात पारेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित हात पारेको हो।

जारी एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित हो। यो जितसँगै अंकतालिकामा आफ्नो शीर्ष स्थानलाई कायम राख्दे सुदूरपश्चिमले ८ अंक हासिल गरेको छ।समान खेल खेलेको लुम्बिनीको भने एक जितसहित २ अंक छ।

लुम्बिनीले प्रस्तुत गरेको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनको सामान्य योगफल खडा ग¥यो। यो योगफल तयार पार्न लुीम्बनीका कप्तान रोहित पौडेलले ३५ दिलिप नाथले ३१, डी आर्सी सर्ट र सुमित महर्जनले १८ तथा गुलाबदिन नैबले ११ रनको योगदान दिए यीबाहेक लुम्बनीका अन्य कुनै ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका लागि हर्मित सिंह र अविनाश बोहराले ३–३, हेमन्त धामीले २ र स्कट कुगलेनले १ विकेट लिए।

१४४ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि विनोद भण्डारीले ६९ रन बनाएर नटआउट भए। त्यस्तै आरिफ शेखले ३९, जौस ब्राउनले ९ र हर्मित सिंहले ७ रन बनाए। लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यान, अविशेष गौतम र तिलक भण्डारीले १–१ विकेट लिए।

 

प्रकाशित: ११ मंसिर २०८२ १५:०६ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast