एनपीएलको तालिका सार्वजनिक, उदघाट्न खेलमा काठमाडौँ र जनकपुर भिड्ने

हिमाल प्रेस २४ कार्तिक २०८२ २०:०० | Monday, November 10, 2025
14
SHARES
एनपीएलको तालिका सार्वजनिक, उदघाट्न खेलमा काठमाडौँ र जनकपुर भिड्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग भिड्ने भएको छ। मंसिर १ गते हुन लागेको उद्घाटन खेलमा जनकपुर बोल्टस् र काठमाडौँ गोर्खाज आमनेसामने हुने भएका हुन्।

यो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा डे–नाइट हुनेछ। दुवै टिम पहिलोपटक ‘फ्लड लाइट’ मा प्रतिस्पर्धाका लागि उत्रिनेछन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ प्रतियोगिताका खेल तालिका सार्वजनिक गरेको हो।

खेल तालिकाअनुसार प्रतियोगिताको ‘प्लेअफ’ चरण मंसिर २३ गतेदेखि सुरू हुनेछ। यो दिन क्वालिफायर–१ खेलिनेछ भने मंसिर २४ गते एलिमिनेटर, २५ गते क्वालिफायर–२ र फाइनल खेल मंसिर १७ गते अपराह्न ३ : ३० बजे हुनेछ।

सबै ‘प्लेअफ’ खेलहरू–क्वालिफायर, एलिमिनेटर र फाइनल खेल फ्लडलाइटमा नै खेलिनेछन्।

प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी हुनेछन्। लिग चरणमा प्रत्येक टोली अन्य सातै टोलीसँग एक–एक खेल खेल्नेछ। लिग चरणको अन्त्यमा शीर्ष चार टोली प्लेअफका लागि छनोट हुनेछन्।

प्लेअफ प्रणालीअनुसार पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच क्वालिफायर १ हुनेछ। यस खेलको विजेत सीधै फाइनलमा प्रवेश गर्नेछ।

क्वालिफायर १ को पराजित टोलीले एलिमिनेटरको विजेतासँग क्वालिफायर २ मा प्रतिस्पर्धा गर्नेछ। क्वालिफायर २ को विजेता टोलीले फाइनलमा दोस्रो स्थानको रुपमा प्रवेश गर्नेछ।

प्रकाशित: २४ कार्तिक २०८२ २०:०० | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast