एनपीएल : रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी

हिमाल प्रेस २ मंसिर २०८२ १७:३९ | Tuesday, November 18, 2025
14
SHARES
एनपीएल : रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी

काठमाडौँ- काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो अर्धशतक हिर्काउने खेलाडी रवि बोपारा बनेका छन्। चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन्।

उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने। रवि ३६ बल खेलेर ५२ रनमा आउट भए। बलिङमा एक विकेट समेत लिएका रवि ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए। इङ्ल्यान्डका रवि दोस्रोपटक पनि चितवनबाट एनपिएल खेल्दैछन्।

यो खेल चितवनले कर्णालीलाई चार विकेटले हरायो। यसअगाडि यो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियांक पन्चालले पनि अर्धशतक हिर्काए। उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए। पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ।

प्रकाशित: २ मंसिर २०८२ १७:३९ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast