एनपीएल : राइनोजविरूद्ध लायन्सको सानदार जित

हिमाल प्रेस ४ मंसिर २०८२ १९:४७
6
SHARES
एनपीएल : राइनोजविरूद्ध लायन्सको सानदार जित

काठमाडौँ- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा सानदार जित हासिल गरेको छ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको हो।

लुम्बिनीको जितमा शीर्ष क्रमका ब्याटरहरूको सयंमित ब्याटिङ महत्पूर्ण रह्यो। चितवनले प्रस्तुत गरेको १४३ रनको लक्ष्य लुम्बिनीले १८.२ ओभरमा चार विकेट गुमाउँदै पुरा गर्‍यो।

लुम्बिनीका लागि गुलाबदी नैबले अविजित ४४ रन बनाए। त्यस्तै सन्दीप जोराले २८, कप्तान रोहित पौडेलले ३९, डी आर्सी सर्टले ११ र दिलिप नाथले १० रनको योगदान दिए।
चितवनका लागि रिजन ढकालले २ र सोहेल तनवीरले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रनको योगफल खडा गरेको थियो।

चितवनका लागि रवि बोपाराले सानदार ६६ रनको इनिङ खेले। रविबाहेक अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनिङका लागि आएका दीपक बोहराले १० रन बनाउँदै डेभिड मिलान शून्य रनमा आउट भए।

त्यस्तै देव खनालले १४, कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र अर्जुन साउदले ८ रनको योगदान दिए। लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३, अभिशेष गौतम र गुलबैद नैबले २–२ विकेट लिए।
शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित: ४ मंसिर २०८२ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast