एनपीएल : कर्णालीविरूद्ध काठमाडौँको सहज जित

हिमाल प्रेस १४ मंसिर २०८२ १९:१३ | Sunday, November 30, 2025
12
SHARES
एनपीएल : कर्णालीविरूद्ध काठमाडौँको सहज जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरूद्ध पाँच विकेटको जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीविरूद्ध काठमाडौँले यो जित निकालेको हो। यो जितसँगै काठमाडौँ प्लेअफ नजिक पुगेको छ।

कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। काठमाडौँका लागि इरास्मस र जोन सिम्पसनले सानदार साझेदारी गरे।

इरास्म्स ३३ बलमा दुई चौका र दुई छक्कासहित ४३ रन बनाए। त्यस्तै सिम्पसनले २१ बलमा चार चौका र दुई छक्कासहित ४१ रनको इनिङ खेले। त्यस्तै मिलिन्द कुमारले १५, बेन काल्र्सवर्थले ३४ रनको योगदान दिए।

कर्णालीका लागि नन्दन यादवले ३ र विपिन शर्माले १ विकेट लिए।

यसअघि ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि गुलशन झाले आक्रमक ब्याटिङ गर्दै ४९ रन बनाए। २२ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै मार्क वाटले ३० र पवन सर्राफले ३५ रनको योगदान दिए।

काठमाडौँका लागि रासिद खानले २, करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए।

प्रकाशित: १४ मंसिर २०८२ १९:१३ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast