एनपीएल : चितवनविरूद्ध काठमाडौँको सहज जित

हिमाल प्रेस १२ मंसिर २०८२ १५:१६ | Friday, November 28, 2025
10
SHARES
एनपीएल : चितवनविरूद्ध काठमाडौँको सहज जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा कठमाडौँ गोर्खाजले चितवन राइनोजविरूद्ध सहज जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको पहिलो खेलमा काठमाडौँले चितवनलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

काठमाडौँले प्रस्तुत गरेको १४३ रनको मध्यम लक्ष्य चितवनले पछ्याउन सकेन। चितवनविरूद्धको जितसँगै काठमाडौँ अंकातालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

१४३ रन पछ्याउने क्रममा चितवनका शीर्षक्रमका साथै मध्यक्रमका ब्याटरहरूको प्रदर्शन फितलो रह्यो। चिवतनका लागि देव खनाल र रवि बोपाराले सर्वाधिक २१ रनको योगदान दिए। त्यस्तै सोहल तनविरले १८ रन जोडे। यीबाहेक अन्य कुनै ब्याटरले दोहरो अंकमा रन जोड्न सकेनन्।

काठमाडौँका लागि रासिद खानले ३, करण केसी, मिलिन्द कुमार र सहाब आलमले २–२ तथा सन्तोष यादवले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको काठमाडौँका लागि जौन सिम्पसनले सर्वाधिक ६० रन बनाए। त्यस्तै मिलिन्द कुमारले ३८ र बेन काल्र्सवर्थले १३ रनको योगदान दिए। यसबाहेक अन्य कुनै ब्याटरले दोहरो अंकमा रन जोड्न सकेनन्।

चितवनका लागि सोहेल तनविरले ४, रञ्जीत कुमार, कमल ऐरीले २–२ तथा रवि बोपाराले १ विकेट लिए।

प्रकाशित: १२ मंसिर २०८२ १५:१६ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast