एनपीएल : काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

हिमाल प्रेस ९ मंसिर २०८२ ७:३९
4
SHARES
एनपीएल : काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ। करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अंकसहित तेस्रो स्थानमा छ ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अंकसहित चौथो स्थानमा छ ।

दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित: ९ मंसिर २०८२ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast