एनपीएल : कर्णाली याक्सले टस जित्यो, रोहितको टोली लुम्बिनीले ब्याटिङ गर्ने

हिमाल प्रेस ६ मंसिर २०८२ ११:०२
8
SHARES
एनपीएल : कर्णाली याक्सले टस जित्यो, रोहितको टोली लुम्बिनीले ब्याटिङ गर्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ।

टीयू क्रीकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। खेल अहिले ११:१५ बजे सुरु हुनेछ। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको छ भने कर्णालीले चितवनसँग नै हार व्यहोरेको छ। हालसम्म एनपीएल सिजन दुईमा २ खेल जितेर सुदूरपश्चिम रोयल्स ४ अंकसहित पहिलो स्थानमा छ।

प्रकाशित: ६ मंसिर २०८२ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast