खेलाडीको वृत्तिविकासका लागि एनपीएल महत्त्वपूर्ण, फ्लडलाइटमा खेल्ने सपना पूरा : कप्तान पौडेल

हिमाल प्रेस ५ मंसिर २०८२ ९:१४ | Friday, November 21, 2025
16
SHARES
खेलाडीको वृत्तिविकासका लागि एनपीएल महत्त्वपूर्ण, फ्लडलाइटमा खेल्ने सपना पूरा : कप्तान पौडेल

काठमाडौँ- लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपालका क्रिकेट खेलाडीको वृत्तिविकासका लागि नेपाल प्रिमियर लिग (एनपीएल) महत्त्वपूर्ण प्लेटफर्म भएको बताएका छन्। उनी राष्ट्रिय टिमका कप्तानसमेत हुन्।

एनपीएलअन्तर्गत बिहीबार आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले प्रतियोगिताका कारण धेरै नेपाली खेलाडीले लाभ लिने बताए।

यो संस्करणमा जीतसँगै सुरुवात भएकाले आत्मबल बढेको उनले बताए। ‘पहिलो खेलमा विदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गरे,यसका लागि दुई/तीन महिनादेखि नै काम भइरहेको थियो, स्वदेशी र विदेशी खेलाडीबीच समन्वय भएमा नतिजा सकारात्मक निस्कन्छ’, उनले भने।

उनले नेपालमै फ्लडलाइटमा खेल्ने सपना पनि पूरा भएको बताए। उनले भने,‘फ्लडलाइटमा खेल्ने हाम्रो सपना एनपीएलमार्फत पूरा भएको छ, विदेशमा फ्लडलाइटमा खेल्न सुरुमा समस्या हुन्थ्यो,अब हामीलाई सहज हुन्छ।’

एनपीएलमा विदेशी खेलाडी पनि रहेको र उनीहरूबाट नेपाली खेलाडीहरूले सिक्नुपर्नेमा उनले बताए। उनले भने,‘नेपाली खेलाडीसँग सीप छ भने विदेशी खेलाडीसँग सीप र अनुभव दुवै छ, हामीले उनीहरूबाट धेरै कुरा सिक्न सक्छौँ।’

चितवन राइनोजका रवि बोपराले नेपालमा फ्लडलाइट र प्याराफिट बनेकामा खुसी व्यक्त गरे। इंगल्याण्डका बोपरा पहिलो संस्करणमा पनि चितवन राइनोजबाट एनपीएल खेलेका थिए।

प्रकाशित: ५ मंसिर २०८२ ९:१४ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast