एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुर फेरि पराजित

हिमाल प्रेस ८ मंसिर २०८२ १५:२७
16
SHARES
एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुर फेरि पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई पराजित गर्दै विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोमाञ्चक खेलमा विराटनगरले डिफेन्डिङ च्याम्पियन जनकपुरलाई ९ रनको अन्तरले पराजित गरेको हो।

एनपीएलको दोस्रो संस्करणमा जनकपुरको यो लगातार दोस्रो हार हो भने विराटनगरले तेस्रो जित निकालेको छ। यसअघि विराटनगरले दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पारजित गरेको थियो।

जनकपुरविरूद्धको जितमा विराटनगरका कप्तान सन्दीप लामिछानेको बलिङ निर्णायक रह्यो। उनले ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट निकाले। सन्दीप प्लेयर अफ द म्याचसमेत भए।

जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै विराटनगर अंकतालिकाको शीर्षमा पुगेको छ। तीन म्याच जितेको विराटनगर ६ अंकसहित तालिकाको शीर्षमा उक्लिएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरको सुरुवात राम्रो रहेन। ब्याटरहरू चल्न नसकेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रनको योगफल तयार पारेको थियो।

विराटनगरका लागि ओपनर लोकेश बलमे २८ र जर्ज मन्सीले १० रन बनाए। त्यस्तै मार्टिन गुप्टिलले १३, बसिर अहमदले ३६ र सुभम रन्जनेले ३७ रन बनाए। यीबाहेकविराटनगरका अन्य ब्याटरहरू दोहरो अंकमा रन जोड्न सकेनन्।

जनकपुरका लागि संगीत कोरे र रुपेश सिंहले २–२ विकेट लिए। त्यस्तै आदित्य एक विकेट लिए।

विराटनगरले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२६ रनमा सीमित रह्यो। निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जनकपुरले १२६ रनमात्रै बनाउनसक्यो।

जनकपुरका लागि जान निकोल लफ्टि इटनले सर्वाधिक ४१ रन बनाए। इटनबाहेक जनकपुरका अन्य कुनै ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। कप्तान अनिलकुमार साह फेरि आफ्नो ब्याटिङमा असफल देखिए। १४ बलको सामना गरेका उनी ४ रन बनाएर आउट भए।

लाहिरू मलन्थाले २३, आसिफ सेखले १३, सञ्जय कृष्णामुर्तीले २०, मयन यादवले ४, रुपेश सिंहले ८ रन बनाए। विराटनगरका लागि सूर्य तामाङले २, मर्चेन्ट डी लङ र सुभम रन्जनेले १–१ विकेट लिए।

प्रकाशित: ८ मंसिर २०८२ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast