एनपीएल : चितवनसँग विराटनगर ४८ रनले पराजित

हिमाल प्रेस १० मंसिर २०८२ १९:३७ | Wednesday, November 26, 2025
18
SHARES
एनपीएल : चितवनसँग विराटनगर ४८ रनले पराजित

काठमाडौँ- नेपाल प्रमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लगातार तीन खेलमा जित हात पारेको विराटनगरलाई चितवनले पराजित गरेको हो।

चितवनले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १३७ रनमा अलआउट भयो। योसँगै चितवनले जारी प्रतियोगितामा दोस्रो जित हात पार्दै चार अंक बटुलेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रनको योगफल खडा गर्‍यो।

चितवनका लागि रवि बोपाराले आक्रमक ब्याटिङ गर्दै ३८ बलमा ६५ रन जोडे। योसँगै जारी प्रतियोगितमा बोपाराले अर्धशतकको ह्याटट्रिक पूरा गरेका छन्। त्यस्तै सैफ जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २९, डेविड मिलानले १७ रन बनाए।

विराटनगरका लागि मार्चेन्ट डी लङ र सन्दीप लामिछानेले २–२ तथा सुभव रन्जनेले १ विकेट लिए।

१७५ रनको लक्ष्य पछ्याउने क्रममा चितवनका रञ्जीत कुमारको तिखो बलिङसामू विराटनगरको ब्याटिङलाइन धारासायी भयो। रञ्जीतले पाँच विकेट हात पारे।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङका लागि आएका मर्चेन्टले २२ बलमा ३९ र दशौँ नम्बरमा आएका प्रतिस जिसीले १२ बलमा ३० रन बनाए। यी दुईबाहेक विराटनगरका अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। सैम हिजलेटले २२ रनको योगदान दिए।

चितवनका लागि कमल ऐरीले २, सोहेल तनविर, सैफ जैब र कुशल मल्लले १–१ विकेट लिए।

बिहीबार पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स र दोस्रो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुनेछ।

प्रकाशित: १० मंसिर २०८२ १९:३७ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast