एनपीएल : ऐरीको अलराउन्ड प्रदर्शन, सुदूरपश्चिमको लगातार तेस्रो जित

हिमाल प्रेस ८ मंसिर २०८२ २०:१०
18
SHARES
एनपीएल : ऐरीको अलराउन्ड प्रदर्शन, सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हात पारेको छ। सोमबार त्रिवि मैदान कीर्तिपुरमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले जारी प्रतियोगितामा तेस्रो जित हात पारेको हो।

यो जितसँगै सूदुरपश्चिम अंकतालिकामा ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ। सुदूपशिचमसँगै विराटनगर किंग्सको पनि समान जित हासिल गरेर ६ अंक छ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य कर्णालीले पछ्याउन सकेन। सुदूरपशिचमको सन्तुलित बलिङसामू निरीह बनेको कर्णाली १९.२ ओभरमा ९४ रन बनाउँदै अलआउट भयो।

शीर्षक्रम र मध्यक्रमका ब्याटरहरू नचलेपछि इनिङ उकासेका ऐरीले बलिङमा पनि सानदार प्रदर्शन गरे। उनले कर्णालीका चार ब्याटरलाई पवेलियनको बाटो देखाए।

१४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए। प्रियान्क पन्चाल शून्य रनमा आउट हुँदा पार्क वाटले १७, विलियम बोसिस्टोले ३, कप्तान सोमपाल कामीले १४, गुलशन झाले १३ र अर्जुन घर्तीले १३ रन जोडे।

सुदूरपश्चिमका लागि कप्तान ऐरीले ४ विकेट लिँदा हर्मित सिंह र अविनास बोहराले २–२ तथा स्कट कगलिन र हेमन्त धामीले १–१ विकेट लिए।

सुदूरपश्चिमका लागि कप्तान ऐरीले सर्वाधिक ३९ रनको योगदान दिए। २८ बल सामना गरेका उनले एक चोका र दुई छक्का प्रहार गरे। त्यस्तै विनोद भण्डारीले ११, क्रिस लेन १८, आरिफ सेख २७, हर्मित सिंहले १९, स्कट कगलिनले १० रनको योगदान दिए।

कर्णालीका लागि सोमपाल कामीले ३, नन्दन यादवले २, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए।

प्रकाशित: ८ मंसिर २०८२ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast