शिक्षक सरुवा निर्देशिका तत्काल केही गर्न सकिन्न : शिक्षामन्त्री पुन

हिमाल प्रेस ७ मंसिर २०८२ १०:२८
26
SHARES
शिक्षक सरुवा निर्देशिका तत्काल केही गर्न सकिन्न : शिक्षामन्त्री पुन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तत्कालका लागि सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवाका कुनै काम गर्न नसकिने बताएका छन्। तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षक सरुवा निर्देशिका–२०८१ शिक्षकमैत्री नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।

उक्त निर्देशिका संशोधनका लागि शिक्षामन्त्री पुनले तयारी गरेर नेपाल शिक्षक महासंघसँग लिखित सुझाव समेत मागेका थिए। महासंघले सुझाव दिएर संशोधनको खाका तयार गरेका मन्त्री पुनले यथास्थितिमा निर्देशिका संशोधन गर्न नसकिने बताएका हुन्।

मन्त्री पुनले भने, ‘सरुवा कुरेर बस्नु भएका शिक्षकहरूलाई जानकारी- शिक्षक सरुवा कार्यविधीलाई संशोधन गरेर अन्याय र मर्कामा परेका शिक्षकहरूलाई केही सहज बनाउन प्रयास स्वरूप तीन हप्ता लगाएर संशोधनको खाका तयार गरियो। तर सर्वोच्च अदालतमा मुद्दा परेर विचाराधीनमा रहेको भन्ने जानकारी प्राप्त भएकोले हाललाई केही गर्न नसकिने देखियो।’

मन्त्री पुनले उक्त निर्देशिकाविरुद्ध मुद्दा हाल्नेलाई मुद्दा फिर्ता गर्न आग्रह पनि गरेका छन्।

यो पनि

शिक्षक सरुवा निर्देशिका खारेज होइन परिमार्जन गर्दै शिक्षामन्त्री, महासंघले दियो यस्तो सुझाव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast