एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न सक्दैन : प्रचण्ड

हिमाल प्रेस १९ कार्तिक २०८२ १९:१४
30
SHARES
एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको पार्टीलाई एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दावी गरेका छन्।

बुधबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरे।

उनले कम्युनिस्ट पार्टीको एकताले कतिपय प्रतिक्रियावादीको टाउको दुखेको उल्लेख गरे। आफूलाई संयोजकको रूपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिएकोमा विशेष हर्ष र गर्व महसुस भएको उनले बताए।

प्रचण्डले १० पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै अन्य कम्युनिस्ट घटक या एमालेसँग समेत बृहत् एकताको निम्ति हातेमालो गर्न तयार रहेको जिकिर गरे। उनले जेनजी आन्दोलनले उठाएका मुद्दाले आफूहरुको कमजोरी उजागर गरेकै कारण पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गरेको धारणा राखे।

प्रचण्डले आफूहरु पार्टी नेतृत्वमा नै बसिरहनुपर्छ भन्ने नरहेको भन्दै नयाँ विचार, विधि र प्रणालीको विकास गरेर फरक भूमिकामा जान तयार रहेको बताए। उनले पार्टी एकतासँगै अब देशभर एकता घोषणासभा र अभियान लिएर जाने जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast