एमालेमा फर्कन आपत्ति छैन, तर बस्ने ठाउँ राम्रो बनाउनुपर्छ ः झलनाथ

हिमाल प्रेस १५ कार्तिक २०८२ १५:२२
एमालेमा फर्कन आपत्ति छैन, तर बस्ने ठाउँ राम्रो बनाउनुपर्छ ः झलनाथ

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई पुनर्गठन गरेर एकीकृत बनाइने बताएका छन्। शनिबार काठमाडौँमा आफूनिकटक नेताहरूको भेलामा सहभागी हुन पुगेका खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।

संस्थापन पक्षले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ। शुक्रबार साँझ बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रलगायतका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो।

एकता गर्ने निर्णय सर्वसम्मत भएको संस्थापन पक्षले दाबी गरे पनि खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरू असन्तुष्ट रहेको बताइएको छ।

सम्मानित नेता खनालले पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको बताए। उनले एमालेमा फर्कन कुनै आपत्ति नरहेको समेत जिकिर गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानतर्फ संकेत गर्दै खनालले भने, ‘एमालेमा फर्कन हामीलाई आपत्ति छैन। तर, केपी ओलीले घर फर्क भनेरमात्रै हुँदैन। फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्छ, बस्ने ठाउँ राम्रो बनाउनुपर्छ।’

कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पु¥याउन छलफलमा जुटेको उनको भनाइ छ।

प्रकाशित: १५ कार्तिक २०८२ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast