आजदेखि एक सय रुपैयाँको नयाँ नोट ल्याइँदै

हिमाल प्रेस ११ मंसिर २०८२ ९:२७
4
SHARES
आजदेखि एक सय रुपैयाँको नयाँ नोट ल्याइँदै

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ। बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो।

नयाँ विशेषतासहित चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ।

साविककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ सूचनामा उल्लेख छ।

यसैगरी, अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला र बाँयातर्फ अण्डकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको बैंकले जनाएको छ। सुरक्षाका लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘विसं २०८१’ लेखिएको छ।

प्रकाशित: ११ मंसिर २०८२ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast