नेप्से ५० अंकले बढ्यो, सात अर्बको कारोबार

हिमाल प्रेस ८ मंसिर २०८२ १६:२२ | Monday, November 24, 2025
8
SHARES
नेप्से ५० अंकले बढ्यो, सात अर्बको कारोबार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि बढेको छ। सोमबार नेप्से सूचकांक ५०.४४ अंकले बढेर २,६५०.६६ विन्दुमा पुगेर बन्द भयो।

कारोबार सुरु भएदेखि नै बजारमा हरियाली छाएको थियो। यो वृद्धि अक्टोबर २८ पछिकै सबैभन्दा ठूलो एकदिने वृद्धि हो।

यस दिन २१५ कम्पनीका सेयरहरू बढे, ३७ घटे र ६ कम्पनीको सेयर स्थिर रह्यो। दैनिक कारोबार रकम पनि बढेर ७ अर्ब ३ करोड रुपैयाँमा पुगेको छ। लगानीकर्ताहरूले ७९ हजार ७१४ कारोबारमार्फत् १ करोड ४२ लाख कित्ताभन्दा धेरै सेयर किनबेच गरेका थिए।

सोमबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा भयो, जसको कारोबार मूल्य २४ करोड ८१ लाख रुपैयाँ पुगेको छ। दोस्रोमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड २४ करोड ४३ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको २० करोड ७६ लाख रूपैयाँ कारोबार भयो।

नेप्सेका अनुसार कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन्।

प्रकाशित: ८ मंसिर २०८२ १६:२२ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast