नेप्से परिसूचक ३९ दशमलव ९२ अंकले बढ्यो

हिमाल प्रेस ७ मंसिर २०८२ १५:५७ | Sunday, November 23, 2025
28
SHARES
नेप्से परिसूचक ३९ दशमलव ९२ अंकले बढ्यो सेयर बजार

काठमाडौँ– यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अंकले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो।

आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ मूल्य बराबरको कारोबार भएको छ। आजको कारोबारमा सामूहिक लगानीबाहेक सबै समूहको उपसूचक बढेका छन्।

सागर डिष्ट्रिलरी लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ। यो हाइड्रोको शेयर मूल्य आज सात दशमलव ५६ प्रतिशतले घटेको छ।

त्यस्तै कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी ६५ करोड ६० लाख ९१ हजार ९२९ मूल्य बराबरको कारोबार भएको छ भने शेयर संख्याका आधारमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ८६ हजार ७८ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: ७ मंसिर २०८२ १५:५७ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast