हङकङ सिक्सेसमा नेपालको लगातार तेस्रो हार

हिमाल प्रेस २२ कार्तिक २०८२ ९:२१
8
SHARES
हङकङ सिक्सेसमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ- हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। हङकङमा जारी क्रिकेटमा शनिबार बिहान भएको खेलमा नेपाल श्रीलंकासंग ३ विकेटले पराजित भयो ।

नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ३ ओभर ३.४ विकेट गुमाएर पूरा गर्‍यो। श्रीलंकाका धनन्जय लक्षनले सर्वाधिक अविजित ३६ रन बनाए।

बलिङमा नेपालका रुपेश सिंहले २ र लोकेश बमले १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ‌ओभरमा ४ विकेट गुमाएर ८६ रन बनाएको थियो। सन्दीप जोराले सर्वाधिक ३९ रन बनाउदा लोकेश बमले अविजित ३१ रन प्रहार गरेका थिए। बलिङमा श्रीलंकाका थरिन्दु रत्नायकेले सर्वाधिक २ विकेट लिए।

नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

प्रकाशित: २२ कार्तिक २०८२ ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast